‘संविधानसभा निर्वाचन हिन्दूराज्य बनाउने मौका’

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते ५:२९ मा प्रकाशित

चितवन, ९ कात्तिक–राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले हिंसात्मक घटना बढ्न थालेकाले सरकारले उम्मेदवारलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिनुपर्ने बताएका छन ।
चुनावी अभियान लिएर देश दौडाहामा निस्किनुभएका थापाले शनिवार चितवनमा कार्यकर्ता भेटघाटका क्रममा हिंसात्मक घटना न्यूनीकरणका लागि सरकार सक्रिय हुनुपर्नेमा जोड दिए । यही कात्तिक ४ गतेदेखि गोर्खाबाट राप्रपा नेपालले चुनावी अभियान भ्रमण सुरु गरेको थियो ।Kamal-Thapa
अध्यक्ष थापाको नेतृत्वमा चितवन आइपुगेको भ्रमण टोली शनिवार चितवनबाट मकवानपुर हुँदै पर्सासम्म पुग्ने कार्यक्रम छ । यस्तै यही कात्तिक १३ गते झापा पुग्ने टोलीले कात्तिक १४ गते काठमाडौँ पुगेर आफ्नो यात्रा पूरा गर्ने छ ।
सर्वसाधारणलाई हिन्दू सनातन धर्मको पक्षमा मत दिन र जातीय राज्यले देश टुक्रिन्छ भन्ने सन्देश बोकेर राप्रपा नेपाल देश दौडाहामा हिँडेको थापाले बताए । शनिवार आयोजित पत्रकार सम्मेलनमा थापाले अहिलेको संविधानसभाको निर्वाचन हिन्दू राज्य बनाउनका लागि मौका भएको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us