एमालेको गाडी र माओवादी कार्यालयमा आगजनी

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते ४:१७ मा प्रकाशित

बागलुङ, ९ कात्तिक–अज्ञात समूहले बागलुङ–१ मा चुनाव प्रचारमा प्रयोग भएको एमाले उम्मेदवार हरि केसीको गाडीमा आगजनी गरेको छ ।
आगजनीबाट आफ्नो ध १ ज ६९ नम्बरको गाडी क्षतिग्स्त बनेको केसीले बताएका छन् ।

ताराखोलामा गाडी पार्किङ गरेर सुतेका बेला राति आफ्नो गाडीमा आगजनी भएको उनले बताए । उता काँग्रेस र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बागलुङकै खुंगामा रहेको एमाओवादी निर्वाचन परिचालन कमिटीको कार्यालय तोडफोड र आगजनी गरेका छन् ।

आगजनीबाट कार्यालयमा रहेका फर्निचर र चुनावी प्रचार सामग्री नष्ट भएको एमाओवादी बागलुङले जनाएको छ । उनीहरुले एमाओवादी बागलुङ नम्बर–३ उम्मेदवार तुलसी अर्यालको चुनावी चुनावमा प्रयोग हुँदै आएको चार वटा मोटरासइकलसमेत जलाइदिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us