
रौतहट, ९ कात्तिक– मदिरा सेवन गरी होहल्ला गर्ने एक उम्मेदवारलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
लोक दलका रौतहट–२ का उम्मेदवार मोहमद आफ्ताव आलमलाई मदिरा सेवन गरी सामाजिक सुव्यवस्थामा खलल पुर्याएको आरोपमा पक्रेको हो । प्रहरीका अनुसार उनले मदिरा सेवन गरी बाबुआमा सहित परिवारका सदस्य र छिमेकीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेका थिए ।
उनलाई परिवारकै उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बाबुले काँग्रेसको झण्डा घरको धुरीमा राखेपछि आक्रोशित बनेका आलमले शुत्रबार राति मदिरा सेवन गरी होहल्ला मच्चाएका थिए ।
स्थानीय एक माध्यामिक विद्यालयमा प्रधानाध्यापक आलम जागिरबाट राजीनामा दिएर निर्वाचनमा उठेका हुन् ।