अख्तियार प्रमुख कार्की चीन भ्रमणमा

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते २:०४ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक–चीन सरकारको निमन्त्रणामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की साताव्यापी भ्रमणका लागि चीन पुगेका छन । उनी शुक्रवार राती बेइजिङ प्रस्थान गरेका हुन ।Lok_Man-Singh-Karki
प्रमुख आयुक्त कार्कीले भ्रष्टाचार नियन्त्रणसम्बन्धी चिनियाँ सरकारी निकायका उच्च अधिकारीसँग सुशासन प्रवद्र्धन एवम् द्विपक्षीय विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताए ।
प्रमुख आयुक्त कार्कीका साथ आयोगका सचिव केशवप्रसाद भट्टराई, आयोगमा कार्यरत एकजना प्रहरी निरीक्षक र आयोगका एकजना कर्मचारी छन ।
राजधानी बेइजिङबाहेक नेपाली प्रतिनिधिमण्डलले चीनको सिचुवानलगायत अन्य चार सहरको भ्रमण गरी उच्च राजनीतिक तहका व्यक्तिसँग छलफल गर्ने कार्यक्रम छ । प्रमुख आयुक्तमा नियुक्त भएपछि कार्कीको यो पहिलो विदेश भ्रमण हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us