
सिराहा, कात्तिक–एमाओवादीका अध्यक्ष तथा सिरहा क्षेत्र नं ५ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले सिरहाली जनताले आफूलाई जिताइदिए समग्र मधेसको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
चुनावी प्रचारप्रसारका लागि आज मुक्सार पुगेका अध्यक्ष प्रचण्डले चुनावीसभालाई सम्बोधन गर्दै भने“सिरहाबाट मलाई जिताउनुस्, तपाईंले जिताएको सिरहाको मान्छे पहिलो कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बन्नेछ, त्यसपछि सिरहालगायत समग्र मधेसको विकास हुनेछ ।”
अध्यक्ष दाहाल आगामी तीन दिन सिरहामा बस्ने र १६ गाविसमा चुनावीसभा गर्ने कार्यक्रम रहेको एमाओवादी नेता दिलीप साहले जानकारी दिए । रासस