बङ्गलादेश र मलेसियासँग सम्झौता हुँदै

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक–वैदेशिक लगानी आकर्षण गर्न तथा लगानीकर्ताले दुई पटक कर तिर्नु नपरोस् भन्ने उद्देश्यले सरकाले बङ्गलादेश र मलेसियासँग दोहोरो कर उन्मुक्ति सम्झौता गर्ने भएको छ । बङ्गलादेश र मलेसियासँग चाँडै सम्झौता गर्ने तयारीमा संम्बृद्ध मुलुकमा सरकार रहेका अर्थ मन्त्रालयका सहसचिव राजन खनालले बताए ।
मन्त्रालयको राजस्व महाशाखा प्रमुखसमेत रहेका खनालले अमेरिका र ब्राजिलसँग पनि त्यस्तो सम्झौताको तयारी भइरहेको जानकारी दिँदै  बङ्गलादेश र मलेसियासँगको सम्झौताको मस्यौदामा सहमति भइसकेको बताए ।
“ब्राजिल र अमेरिकासँग पनि चाँडै सहमति हुनेमा हामी आशावादी छौँ,” उनले भने । सम्झौताका निम्ति प्रस्ताव पठाइएको बताउँदै हालसम्म नेपालले भारत, पाकिस्तान, श्रीलङ्का, दक्षिण कोरिया, थाइल्यान्ड, कतार, मरिसस्, नर्वे र अस्टेलियासँग दोहोरो कर उन्मुक्ति सम्झौता गरिसकेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us