औद्योगिक व्यवसाय ऐन तत्काल जारी गर्न माग

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक–उद्योगी–व्यवसायीले औद्योगिक व्यवसाय ऐन तत्काल अध्यादेशमार्पmत ल्याउन सरकारसँग माग गरेका छन् ।
उद्योगमन्त्री शङ्करप्रसाद कोइरालालाई आज भेटेर उनीहरूले धरासायी हुन लागेका उद्योगधन्दा जोगाउन र ट्रेड युनियनका कारण उत्पन्न समस्या सम्बोधन गर्न उक्त ऐन आवश्यक भएको उनीहरूले बताए ।
उनीहरूले उद्योग सञ्चालन गर्न नसकिने अवस्थामा बन्द गर्ने अधिकार पनि ऐनमा उल्लेख हुनुपर्ने माग गर्दै रुग्ण उद्योगको उत्थान गर्ने परम्पराको थालनी नगरे प्रायः सबै उद्योगको हविगत उस्तै हुने उनीहरूको धारणा थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज बैद्यले रुग्ण उद्योगलाई पुनर्जीवन दिन पनि उक्त ऐन अपरिहार्य भएको बताउँदै समय छँदै आवश्यक प्रयास गर्न सरकारको ध्यानाकर्षण गराए ।    नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यनतले पर्याप्त गृहकार्य गरी सबै क्षेत्रलाई समेट्ने किसिमको ऐन ल्याउनुपर्नेमा जोड दिए । नेपाल घरेलु उद्योग महासंघका अध्यक्ष सुरेश प्रधान, महिला उद्यमी महासङ्घका अध्यक्ष छाया शर्माले सर्वस्वीकार्य ऐन आउनुपर्ने बताए ।
उद्योग सचिव कृष्ण ज्ञवालीले प्रस्तावित ऐन उद्योगको प्रवद्र्धनका लागि भएकाले त्यसको स्वामित्व सरोकारवालाले लिनुपर्ने आवश्यकता औँंल्याए । उद्योगमन्त्री कोइरालाले उद्योग व्यवसायीहरुको सामूहिक आवाजलाई ऐनले सम्बोधन गर्ने आश्वासन दिँदै निजीक्षेत्रले त्यसबाट पर्याप्त लाभ लिनसक्ने बताए । उनले ऐनलाई सशक्त र प्रभावकारी बनाउन पर्याप्त गृहकार्य गरिएको र व्यवसायीका गुनासा भए समयमै सच्च्याउन आग्रह गर्दै केही दिनमै अध्यादेशमार्पmत ऐन ल्याउने तयारी भइरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us