टेलिकमको एडिएसएल सेवा आया राम गया राम

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ११:५४ मा प्रकाशित

भद्रपुर, ८ कात्तिक–हिन्दीमा एउटा उखान प्रचलित छ “आया राम गया राम” अर्थात् ‘कतिखेर आयो, कतिखेर गयो’ थाहै हुँदैन । नेपाल टेलिकमको ‘एडिएसएल’ सेवामाथि यो उखान ठ्याक्कै चरितार्थ हुन्छ ।
नेपाल टेलिकमको एडिएसएल सेवा पटकपटक अवरुद्ध हुने गरेकाले सञ्चार क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । यस सम्बन्धमा पत्रकार एवम् नागरिक एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहालको नजरमा टेलिकमको यो सेवा धेरै दुःख दिने गरेको छ र कहिले सुघ्रिने थाहा छैन ।
एडिएसएल सेवा आज बिहान ७.३० बजे एकचोटी देखापरेको थियो । त्यसपछि आउँदै, जाँदै करिब बिहान ११ बजेदेखि राउटरबाट पूरै गायव नै भए, त्यसपछि एकैचोटी मध्याह्न १ बजेर ५० मिनेट देखाप¥यो । फेरि यो कति बजे गायव हुने ठेगान छैन । अचेल एडिएसएलको यो दिनचर्या नै भएको छ ।
एडिएसएल सेवा अवरुद्ध सेवाको सम्बन्धमा नेपाल टेलिकम कार्यालय विर्तामोडले प्रायः केन्द्रबाट नै गडबडी हुने गरेको बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us