दर्ताबिना यातायात सञ्चालन

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ३:३४ मा प्रकाशित

जाजरकोट, ८ कात्तिक–जाजरकोटको रिम्नादेखि रुकुमको आठविसकोटसम्म सञ्चालनमा रहेका यातायातका साधनसँगै समितिसमेत दर्ताबिना नै सञ्चालनमा रहेका पाइएको छ । चित्तेपाटन यातायात समिति नाम दिइएको सो समितिले दैनिक आठवटाभन्दा बढी जिप सञ्चालन गर्दछ ।

कुल २७ किलोमिटर लम्बाइ रहेको यो सडकखण्डमा सञ्चालनमा रहेका यातायातका साधनले प्रतिव्यक्ति २८० रुपैयाँ भाडा असुल्ने गरेका छन् । नियमविपरीत भाडा बढी भयो भन्दा जिप सञ्चालकले यात्रुलाई धम्क्याउने गरेको सक्ला गाविसका गाणेश सिंहले गुनासो गरे । ‘चित्तेपाटन यातायात समिति कतै पनि दर्ता छैन, दर्ताबिना नै यातायातका साधनहरु चलाएर दादागिरी गरेको छ,’ स्थानीय बताउँछन् ।

दर्ताबिना नै सवारीसाधन सञ्चालनमा आउँदा पनि प्रहरी प्रशासन भने मुकदर्शक बनेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us