![](https://www.kathmandutoday.com/wp-content/uploads/2024/10/dishhome.gif)
काठमाण्डु–‘प्रचण्ड जहाँबाट उठदैछन्, पदम त्यहींबाट जित्दैछन्’ शीर्षकमा तयार पारिएको तीन मिनेट २१ सेकेण्डको भिडियो अहिले डिजिटल संसारमा व्याप्त छ ।
उच्च प्रविधिको प्रयोग ,कलात्मक तथा भावनात्मक भाषा शैली र प्रस्तुति हेर्दा व्यवसायिक व्यक्तिले तयार गरेको भिडियो बुझन सकिन्छ ।
प्रचण्ड काठमाण्डुको क्षेत्र नम्बर १० बाट उम्मेदवारी दिने थाहा पाएपछि केहि दिनको मेहनतमा तयार गरिएको सो भिडियोलाई संविधानसभा भवन नयाँबानेश्वर अगाडि मोडलिङ गराइएको छ । पक्ष–विपक्षमा मतदान गर्ने व्यक्तिहरुको ‘भक्सपप’ राखिएको भिडियोमा पदमकी दिदी र पदम आफ्नै भनाइ समेटिएको छ ।
स्रोतका अनुसार एमाले प्रचार विभागअन्तर्गतको प्रोपगण्डा युनिटले प्रचण्डविरुद्ध सो भिडियो तयार पारेको हो । युट्युबमार्फत सार्वजनिक गरिएको उक्त भिडियोलाई एमालेनिकटका मिडिया र गैरसरकारी संस्थाले प्रचार–प्रसार तथा विस्तार गरेका छन् । केही दिन पहिले एमालेनिकट पत्रकारहरुको भेलामा आन्तरिक प्रयोजनका लागि वितरण गरिएको कागज पढ्नेहरुले भन्न सक्छन्, ‘यो काम एमाले वृत्तबाटै भएको हो ।’
आफ्नो साख कमजोर भएपछि अरुलाई पनि आफूजस्तै कमजोर बनाएर माथि उठ्न सकिन्छ भन्ने मान्यता राख्नेहरुको दिमागी खेल पनि हो त्यो भिडियो । पदम कुँवर सामान्य व्यक्ति हुन्,उनीमा आक्रोश हुन सक्छ, महत्वाकाँक्षा पनि हुन सक्छ तर उनको आक्रोश र महत्वकाँक्षालाई उर्जा दिने काम नेपालमा राजनीतिक अस्थिरता निम्त्याउन चाहने गैरसरकारी संस्थाको लगानीमा भइरहेको छ भन्ने बुझ्न पनि कठिन छैन । पदमले गत वर्ष एकीकृत माओवादीले दसैं, तिहार, छठ र नेपाल सम्वतका अवसरमा काठमाण्डुको भृकुटी मण्डपमा आयोजना गरेको चियापानमा एमाओवादी अध्यक्षप्रचण्डमाडि हात उठाएका थिए ।