
काठमाण्डु, १३ असोज – पाकिस्तानको बलुचिस्तानमा पुनः भुकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । ६ दशमलव ८ रेक्टर स्केलको भुकम्पले सैयौं घरहरु क्षतिग्रस्त भएका छन् । स्थानीय सन्चार माध्यमका अनुसार भुकम्पले बलुचिस्तान र सिन्ध प्रान्तमा बढी क्षति पुर्याएको छ ।
बलुचिस्तान प्रान्तमै चार दिन अघि पनि भुकम्प जाँदा चार सय जनाको मृत्यु भएको थियो । पटक–पटक शक्तिशाली भुकम्प गएपछि स्थानीयबासी त्रसित भएका छन् ।