चीनमा ९२ बालबालिकाको उद्धार,तीन सय अपहरणकारी पक्राउ

काठमाण्डु टुडे २०७० असोज १२ गते १८:४१ मा प्रकाशित

बेइजिङ–बिक्रिका लागि अपहरित ९२ बालबालिकालाई चिनियाँ प्रहरीले उद्धार गरेको छ । प्रहरीले ११ वटा प्रान्तमा तीव्र पारेको ६ महिनादेखिको अनुसन्धानपछि अपहरणमा संलग्न रहेका तीन सय एक जनालाई पक्राउ गरेको एजेन्सीहरुले जनाएका छन् । 

बालबालिकाको उद्धार कहिले र कहाँ गरिएको भन्ने वारेमा सार्वजनिक नगरिएको भएपनि उद्धारको समाचार भने शुक्रबार सार्वजनिक गरिएको थियो । चीनको सार्वजनिक सुरक्षाको मन्त्रालयले ब्यापक बनाएको अनुसन्धानपछि अपहरणकारीको सञ्जाल पक्राउ परेको मन्त्रालयको दाबी छ । मन्त्रालयका अनुसार चीनको युनान तथा सिन्चुआ प्रान्तबाट अत्यधिक संख्यामा बालबालिकाहरु अपहरण हुने गरेका छन् । 
अपहरणमा परेका बालबालिकाहरुलाई बिक्रिका लागि अन्य प्रान्तमा पु¥याइने गरेको पनि अनुसन्धानबाट पत्ता लागेको छ ।

चीनमा बालबालिकाको अपहरण जटिल समस्या बन्दै गएको छ । चीनको एक सन्तान नीति, छोराको अत्यधिक चाहना, गरिबी र नाफाका लागि पनि चीनियाँ बालबालिकाहरु बजारमा बिक्रि हुने गरेका छन । चीनले चाँडै नै बालबालिका किनबेच गर्ने अभिभावकलाई कानुनको दायरामा ल्याउने नीति ल्याउन पनि लागेको छ । चीनमा गत वर्ष २४ हजार अपहरित महिला तथा बालबालिकालाई उद्धार गरिएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us