
कास्की, १२ असोज – अर्थमन्त्री शंकरप्रसाद घोषित मितिमै संविधानसभा निर्वाचन हुने दाबी गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघको ५९ औं वार्षिक अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले ४ मंसिरमै निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए । उनले सरकारको सम्पूर्ण ध्यान ४ मंसिरमै निर्वाचन सफल पार्नेमा केन्द्रित रहेको उल्लेख गरे ।
मन्त्री कोइरालाले मुलुकभर निर्वाचनको वातावरण बन्दै गएको दाबीसमेत गरे । निर्वाचनका लागि सरकारलाई सहयोग गर्न दलहरु र सम्वद्ध सबैसाग उनको आग्रह थियो । निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुलाई पनि सहमतिमा ल्याउन प्रयास जारी रहेको कोइरालाले बताए । असन्तुष्ट दल पनि निर्वाचन प्रक्रियामा आउने विश्वास उनको थियो ।