पाकिस्तानमा चार दिनपछि फेरि भूकम्प

काठमाण्डु टुडे २०७० असोज १२ गते ११:०९ मा प्रकाशित

काठमाण्डु, १२ असोज– पाकिस्तानमा फेरि भूकम्पको झट्का महुसस गरिएको छ ।
earth wuikeयसअघि मंगलबार गएको भूकम्पमा परी चार सय जनाको मृत्यु भएको थियो । सो भूकम्पको केही दिनमा नै पाकिस्तानमा शनिबार पुन: छ दशमलब आठ रेक्टर स्केलको भूकम्प गएको एजेन्सीहरुले जनाएका छन् । राजधानी करााचीलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पले बलुचिस्तान र सिन्ध प्रान्त प्रभावित भएको जनाइएको छ । स्थानीय भुगर्भशस्त्रीहरुले जनाएअनुसार भूकम्प वा भूकम्पका कम्पनहरु अझ केही दिनसम्म महसुस हुन सक्ने छन् ।
शनिबार गएको भूकम्पले कुनै मानवीय क्षति नभएको पनि बताइएको छ । मंगलबार बलुचिस्तानमा गएको सात दशमलव सात रेक्टरको भूकम्पमा परी तीन लाख बढी मानिस प्रभावित भएका थिए । भूकम्पले बलुचिस्तान राज्यको अवारन जिल्ला सबैभन्दा बढी प्रभावित भएको थियो भने अधिकांश माटोले निर्मित घर भएको अवारनका ९० प्रतिशत घरहरु भत्किएका थिए ।
ग्वादर नजिकैको समुन्द्रका भुकम्पपछि एक सय मिटर चौडाई र दुई सय मिटर लम्बाईको एउटा नयाा टापु समेत देखा परेको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us