निधारमा नाक बनाउन चिकित्सकहरु सफल !

काठमाण्डु टुडे २०७० असोज ११ गते ८:२७ मा प्रकाशित

काठमाण्डु – चिनियाँ चिकित्सकहरुले एक व्यक्तिको निधारमा नाक बनाउन सफल भएका छन । शल्यक्रिया गरेर निधारमा नाक बनाउन चिनियाँ चिकित्सकहरु सफल भएका हुन । एक वर्षअघि दुर्घटनामापरी नाक गुमाएका बिरामीको नाक बनाउन चिनियाँ चिकित्सक सफल भएका छन । उनको नाकले स्वस्थ मानिसको नाकले गर्ने

सबै काम गरिरहेको छ । तर त्यसको बाटो भने अन्तिम शल्यक्रियापछि परिवर्तन nakगरिनेछ । गएका वर्ष सडक दुर्घटनामापरि २२ वर्षिय शिओलियनले आफ्नो नाक गुमाएका थिए । नाकमा गम्भीर चोट लागेपछि उनको नाक संक्रमित भएर काम नलाग्ने भएको थियो । चिकित्सकहरुले पनि अन्तिम समयसम्म उनको नाक बचाउन चालेका कदम बिफल भएका थिए । त्यसपछि उनको नाक खोज्न चिकित्सकहरु लागेका थिए । चीनको फुजियान प्रान्तका डाक्टरहरुले लामो प्रयासमा  शिओलियनको नाक बनाउन सफल भएको बीबीसीले जनाएको छ । चिकित्सकहरुले केहीदिनमा निधारको नाकलाई नाक रहने ठाउँमै प्रतिस्थापन गर्ने जनाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us