ईरानको आणविक कार्यक्रम बारे राष्ट्र संघमा उच्चस्तरीय वार्ता

काठमाण्डु टुडे २०७० असोज ११ गते ४:४० मा प्रकाशित

अमेरिका–ईरानको आणविक कार्यक्रका सम्बन्धमा संयुक्त राष्ट्र संघमा उच्चस्तरीय वार्ता भएको छ । राष्ट्र संघ मुख्यालय न्युयोर्कमा भएको वार्तामा अमेरिकी विदेश मन्त्री जोन केरी र ईरानका विदेशमन्त्री मोहम्मद जवाद जाफरी सहभागी थिए । ६ बर्षपछि ईरानको आणविक कार्यक्रमका सम्बन्धमा पहिलो पटक उच्चस्तरीय वार्ता भएको हो । 

वार्तामा चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीका कुटनीतिक्षहरु पनि सामेल थिए । वार्तामा आगामी अक्टुबर १५ तारिख स्वीजरल्याण्डको जेनेभामा विषयगत वार्ता गर्ने सहमति भएको छ । वार्तापछि अमेरिकी विदेश मन्त्री जोन केरीले ईरानी राष्ट्रपतिले वार्ताको टेबलमा सम्भावनाहरु ब्यक्त गरेबाट आफु खुसी भएको बताएका छन् । उनल ईरानले आप्नो आणविक कार्यक्रका बारे धेरै जवाफ दिन बाँकी रहेको पनि बताए ।

इरानी विदेशमन्त्री जाफरीले वार्ता रचनात्मक भएको बताए । ‘म पहिलो कदमबाट संन्तुष्ट छु’ जाफरीले भने ‘अब हामीले आप्mना सकारात्क कुरालाई सकारात्मक काममा परिणत गर्न सक्छौं वा सक्दैनौ, जसले गर्दा अघि बढ्न सकियोस्’ । जाफरीले ईरानको आणविक कार्यकम शान्तिपूर्ण प्रयोजनका लागि भएको पनि दोहो¥याए । यस अघि ईरानका राष्ट्रपति रुहानीले संयुक्त राष्ट्र संघ महासभालाई सम्बोधन गर्दै संसारका कुनै पनि देशसँग आणविक हतियार हुनु हुँदैन भनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us