चिनिया नेता पो सिलाईलाई जन्म कैदको सजाय, भ्रष्टाचारका सबै मुद्दामा दोषी ठहर, सम्पूर्ण सम्पत्ति पनि जफत गरिने

काठमाण्डु टुडे २०७० असोज ६ गते ४:१२ मा प्रकाशित

bo_xilai_chinaबेइजिङ ६ असोज–अपदस्त चिनिया नेता पो सिलाईको चिनिया अदालतले आजन्म कैदको सजाय सुनाएको छ । पूर्व राजनेता पोलाई चिनिया शहर जेनानको अदालतले दोषी करार गरेको हो । अदालतले पोलाई भ्रष्टाचार, घुसखोरी र सत्ता दुरुपयोगको दोषी ठहर गरेको छ । 

सुनवाईका क्रममा पोले आफुले सार्वजनिक सम्पत्तिमा लापरवाही गरेको स्वीकार गरेका थिए । तर उनले घोटालाको आरोपको भने खण्डन गर्दै आएका छन् । उनले आफ्नी श्रीमति गु काईलाईले आर्थिक हिनामिना गरेको र त्यसबारे आफुलाई कुनै जानकारी नभएको बताएका छन् । अभियोजन पक्षले चिनिया प्रान्त चोङ्किङका पुर्व प्रमुखको पो गम्भीर अपराध गरेको र उनलाई त्यसबापत कुनै पश्चाताप समेत नभएकोले उनलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेको थियो ।

पो सजाय विरुद्ध चीनको माथिल्लो अदालत जाने सम्भावना छ । चीनमा तल्लो अदालतको फैसला विरुद्ध १० दिन भित्र माथिल्लो अदालतमा जान सकिने प्रावधान छ । अदालतले सम्पूर्ण मुद्दालाई पुनर्विचार वा मुद्दाको कुनै पाटोमा छलफल गराउन सक्छ । po xilai with wifeपो की पत्नी गु काइलाईलाई बेलायती ब्यापारी नील हेउडको हत्याको आरोपमा मृत्युडण्डको सजाय भईसकेको छ । चोङ्किङमा पुराना माओकालिन मान्यतालाई स्थापित गदैै उल्लेखनीय सुधार र आर्थिक प्रगति गरेपछि पो निकै लोकप्रिय भएका थिए । पोलाई चिनिया सत्ता परिवर्तनमा प्रमुख पदको दावेदार मानिएको थियो । त्यस अघि नै उनका प्रान्तका प्रहरी प्रमुख वांग लिजुनले भागेर गई अमेरिकी दुतावासमा शरण लिएपछि उनी विवादमा तानिएका थिए । पोले वांग र आफ्नी पत्नीबीच अवैध सम्बन्ध रहेको दावी पनि गरेका छन् ।po xilai ccp

 

पो सिलाइको मुद्दा चिनिया कम्युनिष्ट शासनको इतिहासमा ठूलो राजनीतिक मुद्दा मध्येको एक एक हो । सन १९७६ मा माओत्सेतुङको निधन लगत्तै पक्राउ परेर चार बर्षपछि माओकी पत्नी चियाङ चिङ र उनका चार जनाको समूह माथि आजीवन कारावासको सजाय सुनाइएको थियो ।
छोङ छिङका पूर्व मेयर पो सिलाई पक्राउ परेको १८ महिनापछि जन्मकैदको फैसला सुनाइएको हो । पो सिलाई अघिल्लो बर्ष मार्चमा पक्राउ पर्नु अघि उनकी पत्नी र प्रहरी प्रमुख वाङ लिचुन पक्राउ परेका थिए ।

पो सिलाईले आफूले कहिल्यै कसैसँग पैसा नलिएको,अहिले पनि आफूले सन ६० को दशकमा आमाले सिलाई दिएको कपडा लगाउने गरेको जस्ता भावनात्मक तथ्य सार्वजनिक गरेका थिए । पो सिलाई चिनिया कम्युनिष्ट पार्टीका भेट्रान नेता पो यी फोका सन्तान हुन । पो सिलाईले जिम्मेवारी लिएका ठाउँमा आर्थिक बिकास र सामाजिक सुरक्षाका क्षेत्रमा बढी उपलब्धी हासिल भएका थिए । पछिल्लोचरणमा चीनका व्यापार मन्त्री भएपछि पो सिलाईले अपराध नियन्त्रण गर्न छोङछिङको मेयर बनाइएको थियो । अपराध नियन्त्रण गर्ने क्रममा उनी माथि कानुन हातमा लिएको आरोप लागेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us