युरोपेली युनियन सहयोग रकम बढाउन सहमत

काठमाण्डु टुडे २०७० असोज ३ गते ८:०५ मा प्रकाशित

sankarकाठमाण्डु ३ असोज–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले युरोपेली सहयोग बृद्धि गर्न आफ्नो युरोप भ्रमण फलदायी भएको बताएका छन । साताव्यापी युरोप भ्रमणपछि स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोइरालाले नेपाललाई दिइ आएको सहयोग रकम बढाउन युरोपेली युनियन सहमत भएको बताए । 
मन्त्री कोइरालाले व्यापारसंग सरोकार राख्ने सरकारी तथा निजीक्षेत्रका निकायको क्षमता विकास गर्न नौ मिलियन युरो सहयोग दिन युनियन सहमत भएको जानकारी दिए ।
युरोपियन युनियनका विकास आयुक्त एन्द्रिस पाइबाक्ससंगको भेटमा आपूले परम्परागत सहयोग शैलीलाई परिमार्जन गरी व्यापार क्षमता अभिवृद्धि गर्ने खालका योजना सञ्चालन गर्न अनुरोध गरेकोमा त्यसलाई युनियनले सकारात्मक रुपमा लिएको मन्त्री कोइरालाले बताए । ‘बेल्जियम र नेपालको दौत्य सम्बन्ध स्थापनाको पाँच दशक पूरा भएको उपलक्ष्यमा नेपाललाई राष्ट्रिय अतिथि बनाएर नेपालको पर्यटन, व्यापार र कला कौशलकोे प्रवद्र्धनमा मेला सञ्चालन गरिनु आपैंmमा उपलब्धिमूलक हो’ मन्त्री कोइरालाले भने‘उनीहरुले नै बनाएको नेपाल सम्बन्धी बृत्तचित्र लाखौंले अबलोकन गरेबाट युरोपेली बजारमा नेपालको महत्व बढ्दै गएको पुष्टि हुन्छ ।’
बेल्जियममा आयोजित अन्तर्राष्ट्रिय स्तरको मेलामा चार सय अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहेको जानकारी दिँदै मन्त्री कोइरालाले गेष्ट अफ अनरको मौकासंगै प्राप्त निशुल्क ठाउँले नेपाली वस्तुको प्रवद्र्धनमा मद्दत पुगेको बताए ।
देशमा सरकारले लगानीमैत्री वातावरण बनाउँदै गएको सन्दर्भमा युरोपेली युनियनलगायत त्यहाँका निजीक्षेत्रलाई आश्वस्त गराउने काममा पनि भ्रमण सफल रहेको जानकारी दिए । युरोपमा रहेका केही गैर आवासीय नेपालीहरुले पनि उत्साजनक सफलता हासिल गरेको सन्दर्भमा उनीहरुको सीप, ज्ञान र दक्षतालाई कसरी स्वदेशमा उपयोग गर्न सकिन्छ भनेर आपूmले सरकारको सन्देश पु¥याएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us