भक्तपुरमा दसैं–तिहार मेला सुरु

काठमाण्डु टुडे २०७० असोज ३ गते ५:४१ मा प्रकाशित

भक्तपुर, ३ असोज –भक्तपुरमा विहीबारदेखि दसैँतिहार मेला सुरु भएको छ । मेला एक महिनासम्म चल्ने छ ।  दसैँतिहार र छठ पर्वमा उपभोक्तालाई सहज, सरल र सस्तोमा एउटै छानामुनि सबै सामान उपलब्ध गराउने उद्देश्यले गंगा महिला हस्तकला केन्द्र र ओम शान्ति टेलरिङले भक्तपुरको सूर्यविनायकमा संयुक्त रूपमा मेला आयोजना गरेका हुन् ।

छठ पर्वसम्म सञ्चालन हुने मेलामा छुटको व्यवस्था गरिएको केन्द्रकी अध्यक्ष गंगादेवी माकले जानकारी दिइन् । मेलामा दैनिक उपभोग्य सामान, खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्रीलगायत खाद्य संस्थान, साल्ट ट्रेडिङलगायतका स्टल रहेका छन् । साल्ट ट्रेडिङले मेलामा चिनी प्रतिकिलो ६६ मा र नुन प्रतिप्याकेट १३ रुपैयाँमा बिक्री गर्दै आएको छ । बजारमा एककिलो चिनीलाई ७२ र एक प्याकेट नुनलाई १५ रुपैयाँ तिनुपर्छ । एक व्यक्तिले बढीमा तीन किलो नुन र ६ किलो चिनी पाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us