
चितवन, ३ असोज–चितवनको नारायणगढस्थित लक्ष्मीनारायण बस्त्रालयलाई राजस्व विभागले चार करोड ५८ लाख रुपैयाँ जरीवाना तिर्न ताकेता गरेपछि स्थानीय व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । उद्योग वाणिज्य संघ चितवनले भेला आयोजना गरी शुक्रबार जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रन अपिल गरेको हो ।
अन्याय र प्रतिशोधपूर्ण ढंगले बस्त्रालयका सञ्चालक लक्ष्मीनारायण श्रेष्ठलाई धान्नै नसक्ने गरी जरिवाना तोेकीएको संघको ठहर छ । संघका अध्यक्ष तिलचन्द्र भट्टराईले शुक्रबार नै काठमाण्डुमा पत्रकार सम्मेलन गर्ने, ७ गते नारायणी अञ्चल र आसपासका उद्योग वाणिज्य संघ र यातायात व्यवसायीहरुसँग छलफल गर्ने र थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने जानकारी दिए ।