
काठमाण्डु–चालु बर्षका अघिल्ला आठ महिनामा चीनको वैदेशिक व्यापारको आयात–निर्यातमा २७ खर्व अमेरिकी डलर भन्दा बढी पुगेको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा ८.३ प्रतिशतले बढी हो ।
चीनको बाणिज्य मन्त्रालयका प्रवक्ता शन तान याङले लक्ष्य पूर्ति भएको बताए । उनले भने ‘विकसित आर्थिक समूहको आर्थिक पुनरुत्थान प्रवृत्ति बलियो भएको, चीनको वैदेशिक व्यापारले आफ्नो पाइला मोड्ने गति लिएक, नीतिगत फाइदा देखापरेको र साथै चालू वर्षका आगामी महिनामा चीनको आयात-निर्यातमा बृद्धि हुने प्रवृत्ति देखिएको कुरामा हामीले सधैं नै विश्वास गरेका छौं। सक्दो प्रयास गरी चालू वर्ष वैदेशिक व्यापारको आयात-निर्यातमा बृद्धिको निर्धारित लक्ष्य पूरा हुनेमा हामी विश्वस्त छौं।”
चालू वर्षको उत्तरार्धमा चीनको वैदेशिक व्यापार उल्टो गतिमा गएको देखिन्छ। गत जुन महिनामा चीनको आयात रकम र निर्यात रकम गरी दुई पक्ष घटेका छन्। चीनको वाणिज्य मन्त्रालयले पहिले वैदेशिक व्यापारबारे “आशावादी नहुने” धारणा धेरै पटक प्रकट गरेको थियो। तर गत जुलाई महिनामा चीनको निर्यात रकममा निर्धारित लक्ष्यलाई उछिनेर बृद्धि भएको छ। त्यसपछि चीनको वाणिज्य मन्त्रालयको अनुमानमा सुधार आएको छ। वाणिज्य मन्त्रालयले चालू वर्षको पूर्वार्धमा निर्यातमा बृद्धि गतिले राम्रो प्रवृत्ति कायम राखेको कुरा व्यक्त गरेको छ।
चालू वर्षका अघिल्ला आठ महिनामा यूरोपेली संघ र जापानसितको व्यापार रकम घटे बाहेक, चीन र अमेरिका, आशियानआदि आर्थिक समूहहरुबीचको व्यापार रकममा स्पष्ट रुपमा बृद्धि भएको देखिन्छ। उनले भने “चीनद्वारा सार्वजनिक गरिएको वैदेशिक व्यापारको स्थिर बृद्धि र बनौटको सामन्जस्यता आदि श्रृंखलाबद्ध नीतिहरु तथा कदमहरुले अभिबृद्धि भूमिका निर्वाह गरेका छन्। वैदेशिक व्यापारमा लाग्ने उद्योग-व्यवसायहरुले यसप्रति सक्रियताका साथ प्रतिक्रिया जनाएका छन्। ती उद्योग-व्यवसायहरुको विचारमा ती नीतिहरु तथा कदमहरुले उद्योग-व्यवसायहरुको बोझ कम पारेका छन्। देशभित्रको आर्थिक परिस्थितिमा राम्रो प्रवृत्ति देखिन्छ। स्वदेशी आवश्यकतामा बृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजार पुनरुत्थान भएको छ। र व्यापारिक वातावरण सुध्रेको छ।”
आर्थिक परिस्थितिमा बृद्धिको प्रवृत्ति देखापरेको तर हाल विश्व अर्थतन्त्रमा मन्द गतिले बृद्धि भएको स्थितिमा परिवर्तन नभएको खास गरी हाल नवोदित आर्थिक समूहको बैकिङ बजारको अस्थिरताको समक्ष चीनको आयात-निर्यातको सामु देखापरेको कठिनाइ र दवाव शक्ति सानो नहुने कुरा वाणिज्य मन्त्रालयले दोहोर्याएको छ।
बाणिज्य मन्त्रालयको प्रतिष्ठानका अध्ययनकर्ता पाई मिङगले भने‘ “चीनको वैदेशिक व्यापारको भावी विकासले विकसित मुलुकहरुको बजारमा महत्व दिनुका साथै नवोदित बजारलाई विस्तार गर्नुपर्नेछ। साथै देशभित्रको बजारलाई पनि महत्व दिइनुपर्नेछ।”पाइले विदेशिक व्यापारमा लाग्ने उद्योग-व्यवसायहरुले मोडयुक्त गति प्रदान गर्ने, उत्पादित-वस्तुको प्रविधि निहित मात्रालाई बढाएर प्रतिस्पर्धात्मक शक्तिलाई माथि उकास्ने कुरामा जोड दिए। सिआरआइ