
विराटनगर, २ असोज – मोरङको विराटनगर–६ स्थित एक ट्रान्सपोर्ट गोदाममा बुधबार बिहान आगलागी हुँदा २० लाख रुपैयाँभन्दा बढीको सामान जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महाशक्ति ट्रान्सपोर्टको गोदाममा विद्युत् सर्ट भई आगो लागेको हो । आगलागीबाट गोदाममा रहेका इलेक्ट्रोनिक्स र सुटिङसर्टिङका कपडालगायतका सामान जलेर नष्ट भएका छन् ।
विहान ३ बजेतिर शुरु भएको आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा विहान ६ बजेतिर निभाइएको थियो ।