
काठमाण्डु, १ असोज–चाडपर्वको बेला सर्बसाधारणलाई खाद्य वस्तुमा सहुलियत दिन सरकारले मंगलबारबाट सुपथ मूल्यको पसल सन्चालन गरेको छ । नेपाल खाद्य संस्थान, नेश्नल ट्रेडिङ लिमिटेड, साल्ट ट्रेडिङ लगायतका सरकारी संस्थानहरुले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सन्चालन गरेका हुन् ।
काठमाडौं उपत्यका र उपत्यका बाहिरका जिल्लाहरुमा विहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म पसल सन्चालन हुनेछन् । काठमाडौं उपत्यकाका विभिन्न आठ स्थानमा र बाहिरी जिल्लाका ७० ठाउँमा तीन महिनासम्म सुपथ पसल सन्चालन हुनेछन् ।
ति पसलहरुबाट चामल, दाल, चिनी, नुन, तेल, पीठो जस्ता दैनिक उपभोग्य बस्तु चलनचल्तीको बजार मूल्यभन्दा कममा पाइने छ । यसपाली चिनीमा प्रतिकीलो ५ रुपैयाँ र नुनमा प्रतिप्याकेट २ रुपैयाँ सहुलियत दिइने छ ।