
काठमाण्डु, १ असोज– दशैंमा घर जाने सर्वसाधारणको सुविधाका लागि मंगलबारबाट अग्रिम टिकट बुकिङ खुलेको छ । राजधानीका विभिन्न १२ स्थानमा टिकट बुकिङ काउन्टर राखिएको छ ।
सुन्धारा, पुरानोबसपार्क, नयाँबसपार्क, कंलकी, कोटेश्वर, गौशाला, कोटेश्वर, नागढुंगालगायत स्थानमा नागरिक सहायता कक्ष राखिएकोे छ । बसको रुट अनुसार भाडादर काउन्टरमा टासिएको छ भने परिचय पत्र प्राप्त ब्यक्तिले मात्रै टिकट बिक्री बितरण गर्न पाउने व्यवस्था गरिएको छ ।
यसअघिका बर्षहरुमा यात्रुहरुले दशैंका बेलामा तोकिएको भन्दा बढी भाडा तिर्नुपरेको, टिकट नपाएर घर जान नपाएको, टिकट काउन्टरमै लुटपाट भएको जस्ता गुनासा आएपछि यसबर्ष अनुगमन पनि गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख नायब महानिरिक्षक केशव अधिकारीले जानकारी दिए ।