
सेप्टेम्बर 16 तारिख विहान एयर चाइना सि ए 4215 विमान स्थिर रुपमा ताउछङ्ग यातिङ्ग विमानस्थलमा अवतरण गरेको छ। यो अवतरण विश्वमै समुद्री सतहदेखि सबैभन्दा बढी उचाईमा भएको नागरिक विमानस्थलको रुपमा औपचारिक सञ्चालन पनि हो। यो उडानसँगै अव छङ्ग तुबाट ताउछङ्ग यातिङ्गसम्मको समय पहिलेको दुई दिनबाट घटेर 65 मिनेटमा झरेको छ।
ताउछङ्ग यातिङ्ग विमानस्थल चिनियाँ स छ्वान प्रान्तीय कान च तिब्बत जातीय प्रिफेक्चर ताउछङ्ग जिल्लामा पर्दछ। त्यहाँ प्रसिद्ध साङ्ग्रिला दृश्य क्षेत्रबीच एक सय 22 किलोमिटर र ताउछङ्ग यातिङ्ग दृश्य क्षेत्रबीच एक सय 59किलोमिटर टाढा भएको छ। समुद्री सतहदेखि विमानस्थलको उचाइ चार हजार चार सय एघार मिटर पुगेर हाल विश्वमा समुद्र सतहदेखिको उचाइ सबैभन्दा बढी भएको नागरिक विमानस्थल हो।