तरकारीको हाइव्रिड विउमा आर्कषण वढदै

काठमाण्डु टुडे २०७० भदौ ३१ गते ८:२२ मा प्रकाशित

Biuकाभ्रे ३१ भदौ –कृषकहरुले उत्पादन गरेको तरकारीको हाइव्रिड विउ विजनप्रति कृषकहरुको आर्कषण वढदै गएको छ ।
परम्परागत विउवाट उत्पादन कम हुने र हाइव्रिड विउ ,विजनवाट उत्पादनमा समेत वृद्धी भई कृषकले धेरै उत्पादन गर्न सक्ने भएकाले आर्कषण वढेको वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र अन्र्तगतको तरकारी विउ आयोजना(सिप्रेड) ले जनाएको छ ।
काभ्रेको मेथिनकोट गाविस १ मा भएको हाइव्रिड विउको सो उत्पादन जिल्ला वाहिर सवैभन्दा वढी माग भएको विउ विजन उत्पादन कार्यमा संल्ग्न कृषक शेर वहादुर मिजारले जानकारी दिनुभयो ।
उहाले कृषकको माग वढी भएको तर विउ विजन पुर्याउन नसकिएको स्विकार गर्नुभयो । तीन वर्षदेखि हाइव्रिड विउको उत्पादन गर्दै आउनु भएका जोरसल्ला सहकारी संस्थाका सचिव समेत रहनुभएक मिजारले पहिलो वर्ष ४५० ग्राम सिर्जना जातको गोलभेडाको विउ उत्पादन गरेर रु.३०,००० आम्दानी गरेको बताउनुभयो ।
उहाले यस वर्ष झण्डै ५ केजी विउ उत्पादनको लक्ष्य राखेको समेत जानकारी दिनुभयो । सो विउको बजार मुल्य प्रतिकेजी रु. ७५,००० रहेको छ ।
अर्का कृषक शलिना श्रेष्ठले विउ विजन उत्पादन प्रक्रिया झन्झटिलो भएको उल्लेख गर्दै रोग र किरोको प्रकोप देखिएको तर सुरक्षित विषादी प्रयोग गरेर त्ष्यसलाई नियन्त्रणमा ल्याएइको बताउनुभयो ।
सिप्रेडका प्राविधीक सहायक रामदेव शाहले दिएको जानकारी अनुसार एचआरडी १७ भाले जातको गोलभेडा र एचआरडी १ पोथी जातको गोलभेडालाई इमास्कुलेसन गराएर पोलिनेसन गराएपछि फल लाग्ने र त्यसवाट सिर्जना जातको विउ उत्पादन हुने गर्छ ।
सिप्रेडका बजार अधिकृत केशव पाण्डेले तरकारीको हाइव्रिड विउ उत्पादनका लागि संस्थाले रु. १ लाख लगानी भएको उल्लेख गर्दै काभ्रेमा रहेका १६ वटा टनेलमा भएको गोलभेडाको खेतीवाट १२ केजी विउ उत्पादनको लक्ष्य राखेको बताउनुभयो ।
उहाले पहिलो वर्ष १ केजी र दोस्रो वर्ष ३ केजी भन्दा वढी विउ उत्पादन भएको उल्लेख गर्दै माग अनुसार विउको आपूर्ति हुन नसकेको बताउनुभयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us