चीन-अरबेली मुलुक बीचको मेला शुरु

काठमाण्डु टुडे २०७० भदौ ३० गते १७:११ मा प्रकाशित

chinaचीन-अरबेली मुलुक बीचको मेला चीनको पश्चिमी भागको निन स्या प्रान्तको यीङ छ्वाङ शहरमा आइतवारदेखि शुरु भएको छ। अरब लिगका सदस्य मुलुक, विश्वका अरु मुलुक तथा क्षेत्रका सात हजार भन्दा बढी प्रतिनिधिहरु र व्यवसायीहरु सो मेलामा सहभागी भएका छन्।

       सन् 2010मा चीन र अरबेली मुलुक बीचको व्यापार रकम एक खर्ब पैंतालीस अर्ब चालीस करोड अमेरिकी डलर पुगेको थियो भने सन् 2012मा दुवै पक्ष बीचको व्यापार रकम दुई खर्ब बाईस अर्ब चालीस करोड अमेरिकी डलर पुगेको छ। अन्तर्राष्ट्रिय आर्थिक संकटको वातावरणमा पनि चीन र अरबेली मुलुक बीचको व्यापार रकम वृद्धि भएको छ।

चिनियाँ जन राजनितिक परामर्श दात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष यु चङ शङले सो मेलाको उद्धादन समारोहमा चीन र अरबेली मुलुक बीचको सम्बन्धको विकासबारे चार वटा सुझाव प्रस्तुत गरेका छन।

उनले दुवै पक्षले आपसि विश्वास बढाउने, आर्थिक तथा व्यापारिक सहयोगलाई सुदृढ पार्ने, ऊर्जा श्रोतको सहयोगलाई विस्तार गर्ने, साँस्कृतिक सहयोगलाई सकारात्मक रुपमा सवल पार्ने आशा गरेका छन। यस पटकको मेलाको मुख्य विषय “विश्वलाई देखाउनका लागि चीन र अरबेली मुलुकले संयुक्त सहयोग गर्ने” हो। सिआरआइ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us