
काठमाण्डु, ३० भदौ– आर्थिक पत्रकारहरुको संस्था आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा नागरिक दैनिकका विज्ञान अधिकारी निर्वाचित भएका छन् । सेजनको १४ औं साधरणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका लागि अधिकारी र नेपाल टेलिभिजनका प्रदीप चापागाईंबीच प्रतिस्पर्धा भएको थियो ।
अधिकारीले १ सय १५ र चापागाईंले ९७ मत प्राप्त गरे । सेजन उपाध्यक्षमा कारोवार दैनिकका लोकबहादुर चापागाईं, महासचिवमा कारोवारकै पुष्प आचार्य, सचिवमा कान्तिपुर दैनिकका रोशन अधिकारी, कोषाध्यक्षमा कान्तिपुर टेलिभिजनका दिवाकर पन्त विजयी भएका छन् । कोषाध्यक्षको पहिलो मतगणनामा हिमाल मिडियाका प्रभात भट्टराई छानिए पनि पुन मतगणना गर्दा पन्त दुई मतले अघि आएका थिए ।
सेजनको सदस्यमा कान्तिपुर एफएमकी प्रतीक्षा खनाल, अन्नपूर्ण पोष्ट दैनिकका आशिष ज्ञवाली, अभियानका रामराजा श्रेष्ठ, कारोवारका यादव हुमागाईं र भुवन पौडेल विजयी भएका छन् ।