
काठमाण्डु, ३० भदौ–नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय आइतबारदेखि बढाएको छ । यसअघि सातामा २७ घण्टासम्म विद्युत कटौति गर्दै आएको प्राधिकरणले आइतबारबाट सातामा साढे ४६ घण्टासम्म लोडसेडिङ हुने जनाएको छ । प्राधिकरणका अनुसार अब दैनिक ७ घण्टासम्म लोडसेडिङ हुनेछ ।
प्राधिकरणले जारी गरेको नयाँ तालिका अनुसार आइतबारबाट सातामा ४ दिन ७ घण्टा, दुई दिन ६ घण्टा र एक दिन सातामा साढे ६ घण्टा लोडसेडिङ हुनेछ ।
कुशैया–कटैया १ सय ३२ केभी प्रशारण लाईनको मर्मत तथा नदीमा पानीको बहाव कम भएको जनाउँदै लोडसेडिङ बढाउनु परेको प्राधिकरणले तर्क गरेको छ ।