रेग्मीले कसम खाए:आशालाई तुषारापात हुन दिन्न

काठमाण्डु टुडे २०७० भदौ २९ गते १३:११ मा प्रकाशित

काठमाण्डु, २९ भदौ–  मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गतेका लागि घोषित संबिधानसभा निर्वाचन भएरै छाडने बिश्वास व्यक्त गरेका छन । नेपाली जनताको आशालाई तुषारापात हुन नदिने कसम पनि उनले खाएका छन ।

khilraj regmi‘आगामी संविधान सभाको निर्वाचनले राजनैतिक स्थायित्व र नेपालको समृद्धि सुनिश्चित गर्दछ । आगामी मंसीर ४ गते घोषित निर्वाचन कुनै पनि कुराले रोक्न सक्दैन, भएरनै छाड्ने छ’जिमी राई उत्थान समाजद्धारा शनिवार काठमाण्डुमा आयोजित कार्यक्रममा रेग्मीले भने‘कुनै पनि नकारात्मक सोंचलाई नेपाली जनताले तिरस्कार र निश्तेज गर्ने छन् । नेपालको माटोलाई छोएर म भन्छु, नेपाली जनताको आशालाई तुषारापात हुन दिने छैन त्यसमा म प्रतिवद्ध छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us