चुनाव एकसाता पर सार्न सकिन्छः एमाओवादी

काठमाण्डु टुडे २०७० भदौ २९ गते १२:०६ मा प्रकाशित

काठमाण्डु, २९ भदौ –एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचनमा आउन तयार भए निर्वाचन मिति एक साता पर सार्न agni sapkotaसकिने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा उनले ४ मंसिरको निर्वाचन बढीमा एक सातासम्मका लागि सार्न सकिने बताएका हुन् । निर्वाचन आयोगको कार्यतालिका प्रभावित नहुने गरी वैद्य माओवादीलाई दल दर्तामा विशेष व्यवस्था गर्न सकिने सापकाटाले बताए । संविधानसभा निर्वाचन नै नचाहाने वैद्य माओवादी निर्वाचनमा सहभागी हुन तयार देखिनुलाई सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ  ।
उनले दुई पार्टीको शीर्ष तहमा पार्टी एकताबारे गम्भीर छलफल चलिरेहको खुलासासमेत गरे । तर छलफलका क्रममा निर्वाचन सार्ने विषयमा भने कुनै कुराकानी नभएको दाबी उनले गरे । वैद्य माओवादी पार्टी फुटको औचित्य सिद्ध गर्न नसकेपछि निर्वाचन र पार्टी एकताबारे सकारात्मक देखिएको टिप्पणी सापकोटाको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us