एमाओवादी चुनाव सार्ने पक्षमा : खनाल

काठमाण्डु टुडे २०७० भदौ २९ गते ११:३० मा प्रकाशित

Jhala-Nath-Khanalचितवन, २९ भदौ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादी आगामी चुनाव सार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । चितवनमा शनिबारबाट सुरु भएको युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले चुनाव सारेमा सम्पूर्ण सहमतिको बाधक एमाओवादी ठहरिने चेतावनी दिए ।

‘एकीकृत नेकपा माओवादी चुनाव सार्ने पक्षमा देखिएको छ,’ अध्यक्ष खनालले भने, ‘त्यस्ता तमाम षडयन्त्रलाई नेकपा एमालेले चकनाचुर पारेर निर्वाचन गराएरै छाड्ने छ ।’
आउँदो संविधानसभा निर्वाचन सबैका लागि अवसर भएको बताउँदै अध्यक्ष खनालले यो अवसरलाई सदुपयोग गर्न नेकपा–माओवादीलाई सुझाव समेत दिए ।
आउँदो संविधानसभाको निर्वाचनमा एमालेले एकसयभन्दा बढी निर्वाचन क्षेत्रमा जितेर पहिलो पार्टी हुने उनले दावी पनि गरे ।

युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलाको बन्दसत्रमा देशभरबाट युवासंघका ७ सय ७६ जना प्रतिनिधि र ३ सय पर्यवेक्षक सहभागी हुनेछन् । भरतपुरमा भेलाको उदघाटन सामारोह शुरु हुनु अघि नगर क्षेत्रमा र्‍याली आयोजना गरिएको थियो । कार्यक्रमकालागि एमालेले गाउँगाउँबाट ठूलो संख्यामा कार्यकर्ता सदरमुकाम भरतपुरमा ओसारेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us