
रुपन्देही, २९ भदौ – गैरकानुनीरुपमा सञ्चालित रुपन्देहीका छ वटा ट्राभल्स एण्ड टुर्समा शिलबन्दी गरिएको छ । अवैधानिक रुपमा सञ्चालित श्रेया ट्रेन टिकट बुकिङ काउन्टर, नेट क्लब, महजदिया चोको नेपाल ट्राभल टेलर एण्ड ट्रेक्स लिमिटेड, अल हायत टुर्स एण्ड ट्राभल्स प्रालि र त्रिरत्न ट्राभल्स एण्ड टुर्समा जिल्ला बजार अनुगमन समितिले शिलबन्दी गरेको हो ।
अनुगमन समिति संयोजक तथा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले गैरकानुनीरुपमा सञ्चालित ट्राभलमा आवश्यक प्रक्रिया नपुर्याउँदासम्मका लागि शिलबन्दी गरेको बताए ।
अनुगमन टोलीमा कुरुम्वाङ सहित वाणिज्य कार्यालयका प्रमुख चेतप्रसाद उप्रेती, पर्यटन कार्यालयका प्रमुख लेखनाथ न्यौपाने, साटाका अध्यक्ष सञ्जय बजिमय, वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठ, सञ्चारकर्मी, साटाका पदाधिकारीलगायत सहभागि थिए ।
यसैबीच एस ट्राभल्स डटकमले शिलबन्दी गरेको केही समयपछि शाखा अनुमतिको प्रमाण लिएपछि सो ट्राभल्सलाई खोल्ने अनुमति दिएको छ । ट्राभल्स खोल्नका लागि घरेलु कार्यालय, आन्तरिक राजस्व, पर्यटक कार्यालयमा दर्ता भएको हुनुपर्दछ ।