
काठमाण्डु, २९ भदौ–नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक समस्या समाधानका लागि मंसिर ४ मै संविधानसभा निर्वाचन हुनुपर्ने बताएका छन् । शिखर युवा क्लब घट्टेकुलोले शनिबार काठमाण्डुमा गरेको रक्तदान कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि संविधान ल्याउन आवश्यक भएकाले तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड दिए ।
‘निर्वाचनको मिति कुनै पनि हालतमा सार्नु हुँदैन भन्ने हाम्रो पार्टीको मान्यता छ,’ उनले भने ।
कार्यक्रममा करिब १ सय ५० जनाले रक्तदान गरेको थिए ।