रौतहटका बजार तेस्रो दिन पनि बन्द

काठमाण्डु टुडे २०७० भदौ २९ गते ९:११ मा प्रकाशित

रौतहट, २९ भदौ– रौतहट उद्योग वाणिज्य संघको आह्वानमा शनिबार तेस्रो दिन पनि रौतहटका सबै बजार बन्द भएका छन् । बन्दका कारण जिल्लाका कटहरिया, समनपुर, गरुडा, गंगापिपरा, मलाही, चन्द्रनिगाहपुर र गौर बजार प्रभावित भएका छन् ।

प्रहरीले व्यापारीलाई अनावश्यक दुःख दिइरहेको भन्दै संघले गत विहीबारदेखि बजार बन्द गराउँदै आएको छ ।

संघले यही भदौ २६ गते सशस्त्र प्रहरी बलले झुन्खुन्वा गाविसका रुपन राय यादवको टायर गाडासहित जफत गरेको सबै सामान अविलम्ब फिर्ता गर्नुपर्नेलगायत माग राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us