मधेसी र जनजातिलाई एक हुन यादवको अपील

काठमाण्डु टुडे २०७० भदौ २९ गते ८:५७ मा प्रकाशित

Upendra-Yadavसिराहा, २९ भदौ – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्तिको आन्दोलनमा मधेसी र आदिवासी जनजाति समुदाय एक हुनुपर्ने बताएका छन् । मधेसी र जनजाति एक भएर असमानता, विभेद, शोषण र उत्पीडन विरुद्ध लड्नुुपर्ने उनको भनाई छ ।

सिराहाको कर्जन्हामा पार्टी प्रवेश कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै यादवले संविधानसभाबाट संविधान नबनेसम्म जनताले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने धारणा राखे । निर्वाचन आयोगले तस्बिरसहितको मतदाता नामावली लागु गराएर मधेसी जनतालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजेको उनले आरोप समेत लगाए ।

कार्यक्रममा उद्योगपति तथा वरिष्ठ समाजसेवी डा. वीरेन्द्र महतो मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए । उनी सिराहा क्षेत्र नम्बर ५ बाट संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिँदै राजनीतिमा प्रवेश गरेको बताइएको छ ।

यस्तै क्षेत्र नम्बर १ मा राप्रपाबाट चुनाव लडेका इन्जिनियर वैद्यनाथप्रसाद साह लगायत पनि फोरम नेपालमा प्रवेश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us