एमाओवादीको दुई तिहाई आउने प्रचण्डको दाबी

काठमाण्डु टुडे २०७० भदौ २९ गते १०:१३ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा निर्वाचनमा आफ्नो पार्टीको दुई तिहाई बहुमत आउने दाबी गरेका छन् ।
Prachandaराजधानीको बागबजारमा शनिबार भएको कार्यक्रममा उनले परिवर्तनको प्रक्रिया संस्थागत गर्न माओवादीलाई बहुमत दिन मतदातालाई आग्रह गरे । आमजनता आफ्नो पार्टीलाई
बहुमत हतारिएको उनको भनाइ थियो । उनले परिवर्तनविरोधी षड्यन्त्र असफल पार्न जनआन्दोलनका सहकर्मी दलबीच अझै सहकार्य आवश्यक रहेको धारणा राखे । यसैबीच मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका पूर्वडिभिजन सहायक कमाण्डर सन्तोष चौधरी र काँग्रेस महासमिति सदस्य वसन्त श्रेष्ठ एकीकृत माओवादी प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले टीका लगाएर पार्टी प्रवेश गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us