
धनकुटा, २९ भदौ– राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले मोहन वैद्य नेतृत्वको माओवादी निर्वाचनमा नआए मुलुकमा रक्तपात हुने दाबी गरेका छन् ।
गृहजिल्ला धनकुटामा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले वैद्य माओवादीमा विगतमा बन्दुक चलाएको ‘ह्याङ’ अझै नगएको बताए । वैद्य माओवादीलाई निर्वाचनबाट भाग्न दिन नहुने भन्दै थापाले अन्तिम समसयम्म सहमति प्रयास गरिनेपर्ने उल्लेख गरे । अन्तिमसम्म पनि वैद्य समूह निर्वाचनमा सहभागी नभए
रक्तपातको सामना गरेरै भएपनि निर्वाचन सफल पार्नुपर्ने थापाको भनाइ छ । वैद्य सहमतिमा आएको खण्डामा भने ४ मंसिरको निर्वाचन केही समय पर सार्न सकिने उलखे बताए । राष्ट्रपतिको आह्वानमा शुक्रबार भएको सर्वदलीय बैठकमा वैद्य माओवादीले निर्वाचन चैतमा सार्नुपर्ने प्रस्ताव गरेको थियो ।