नेपालबाट खाडी जाने २२ प्रतिशत कामदार जोखिममा

काठमाण्डु टुडे २०७० भदौ ३१ गते ६:२४ मा प्रकाशित

qutar 1आप्रवासी विकासका सुत्रधार हुन्, यो सत्यलाई सबैले मन्दै आएको हो । पढेलेखेका हुन वा अनपढ, दक्ष हुन वा अदक्ष आप्रवासीका कारण नै विश्वमा विकास भइरहेको छ । अझ खाडी मुलुकहरुको कुरा गर्दा दक्षिण एसियाली कामदारले नै खाडीलाई मरुभुमीबाट स्वर्ग बनाएका हुन । यो प्रसंग उठाउनु पर्ने कारण बेलायती जर्नल पर्सपेक्टिभ हो, जसले कतारको गरिमा कम गर्न अशिक्षित आप्रवासीलाई जिम्मेवार मानेको छ ।

खाडी मुलुक कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, ओमन र बहराईनको विकास सन् १९७० मा खनिज तेलको बढदो मागसँगै सुरु भएको हो । हजारौंको संख्यामा दक्षिण एसिया र अन्य मुलुकबाट पुगेका कामदारको पसिनाले आजको दोहा, अबुधावी, दुवई बनेको हुन । त्यो भन्दा अगाडि ती मुलुक कस्ता थिए ? समाज कस्तो थियो ? विश्व इतिहासका पाना पल्टाउदाँ थाहा हुन्छ । कविला घुमन्ते समाज, मरुभुमी र कठिन जीवन नै खाडीको परिचय थियो ।
अहिले त्यो परिचय फेरिएको छ । खाडीको जीवन कठिन त छ तर त्यो कठिनाई सबै आप्रवासीले लिएका छन् । ५० डिग्री सेन्टीग्रेटको घाममा काम गर्ने विदेशी कामदार नभए चिल्ला सडक, गगनचुम्बी भवन, विशाल विमानस्थल र अन्य संरचना बन्दैनथे । दुवईको गौरब बुर्ज दुवईमा तिनै अशिक्षित, अदक्ष आप्रवासीको पसिनाको गन्ध आउछ । कतारका निर्माणमा पनि श्रमको स्रोत अशिक्षित कामदार नै हुन् ।
तर, खाडीमा काम गर्ने लाखौ अशिक्षित र अदक्ष कामदारको सम्मान छैन नै अझ पर्सपेक्टिको लेखलाई आधार मानेर खाडीका सञ्चारमाध्यममा आप्रवासीमाथि दोषारोपण गर्नु कती जायज होला ? देश निर्माणमा सक्रिय जनशक्तिले गरिमा घटाएको मान्ने हो भने तिनको श्रमबाट निमार्ण भएका संरचनामा किन गर्व गर्ने ?
खाडीमा निर्माण क्षेत्रमा सक्रिय कामदार प्रायः अशिक्षित छन्, अदक्ष छन् । ती देशले दिने तलवमा दक्ष कामदार पाउन सकिदैन् । कतारमा नेपाली श्रमिकले औषत मासिक दुईसय अमेरिकी डलर (नेरु २० हजार) कमाउँछन् । यो तलव कतारको प्रतिव्यक्ति आय करिव एक लाख अमेरिकी डलरको तुलनामा २.४ प्रतिशत मात्र हो । यस्तै त्यहाँका बासिन्दाको वार्षिक न्युनतम तलवमान १६ हजार अमेरिकी डलरको तुलनामा समेत कम हो ।
वार्षिक २४ सय अमेरिकी डलरमा शिक्षित युवालाई अर्कषित गर्न सकिन्न । नेपालबाट पढेलेखेका युवा पनि कामका लागि विदेशिएका छन् तर, उनीहरुको आर्कषण दक्षिण कोरिया छ । किनकीः त्यहाँ बार्षिक ११ हजार अमेरिकी डलरभन्दा बढी कमाउन सकिन्छ । श्रमको मुल्यले कामदारको शैक्षिक र सीप निर्धारण गर्छ । यो तथ्यलाई उल्लेख नै नगरि अशिक्षित कामदारले गर्दा कतारको गरिमा कम भयो भन्नु देश निर्माणमा सक्रिय जनशक्तिको अवहेलना हो।
अरेबियन बिजनेस डट कममा लेखिएको छ, ‘कतारबाट जनसंख्याको ७०/८० प्रतिशत रहेका आप्रवासीलाई हटाउने हो भने मानव विकास सुचकांकमा कतार नर्वेको हाराहारीमा उभिन सक्छ । अशिक्षित र अदक्ष कामदारले कतारको गरिमा भताभुङ पारेका छन् ।’ कतार अहिले मानव विकास सुचकांकमा ३७ औ स्थानमा छ ।
‘कामदारका कारण विश्वका १४ देश मानव विकास सुचकांकमा पछाडि परेका छन् । तिनमा खाडीका देश प्रमुख रहेका छन् । कतार पछाडि पर्नुमा अशिक्षित कामदार नै मुख्य कारण हुन,’ कतारस्थित वाइल कर्नेल मेडिकल कलेजले लेखेको छ । सन् १९९० मा संयुक्त राष्ट्रसंघले देशको सम्पुर्ण पक्षको विकास हेर्न मानव विकास सुचकांक विकास लागु गरेको थियो । यसमा स्वास्थ्य, सम्पत्ति र शिक्षालाई मुख्य आधार मानिन्छ ।
कतारमा करिव १२ लाख आप्रवासी कामदार छन् । ति मध्ये पाँच लाख कामदार निर्माण क्षेत्रमा छन । यस क्षेत्रमा काम गर्ने ८० प्रतिसतबढी कामदार अशिक्षित छन् । अधिकांश कामदार नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र फिलिपिन्सबाट गएका हुन् । यि सबै मुलुकबाट अदक्ष कामदारको ठुलो माग हुने ठाउ खाडी हो । खाडी मुलुकले आफ्नो छवी सुधार्न आप्रवासी कामदारको छवी सुधार्नु पर्छ ।construction_workers
खाडी मुलुकले कामदारलाई दिने तलव बढाएर दक्ष र शिक्षित कामदारलाई आर्कषित गर्न सक्छन् । खाडीमा आप्रवासीलाई दिइने मासिक औषत तलव तीन सय २० अमेरिकी डलरमा नेपाल मात्र होईन विश्व कुनै मुलुकबाट पनि शिक्षित र दक्ष कामदार पसिना बगाउन जादैनन् ।
यसैगरी खाडीका कैयन मुलुकमा आप्रवासी अधिकार छैन् । कामदारलाई अत्यन्त जोखिममा काम गराइने गरिएको छ । यस्तो स्थितीमा शिक्षित कामदारको गन्तव्य खाडी बन्न सक्दैन । नेपालबाट खाडी जाने करिव २२ प्रतिसत कामदार जोखिममा छन् । मानव तस्करी समेत बढदै गएको छ । भनेको तलव नदिने, कुटपिट गर्ने जस्ता अमानविय कार्य खाडीमा व्याप्त छ ।
काफला (स्पोन्सरशीप) ले कामदारलाई बन्धक जस्तै बनाएको छ । के शिक्षित कामदार यस्तो स्थितीमा काम गर्लान ? अवश्य गर्दैनन् । खाडी मुलुक कतारले तलव, आप्रवासी अधिकार र अन्य मानविय सेवा सुविधामा भेदभाव गर्दै शिक्षित दक्ष आप्रवासी खोज्नुभन्दा आफ्ना कमी कमजोरी हटाएको खण्डमा कतार आफै उनीहरुका लागि आर्कषक गन्तव्य बन्न सक्छ । यसतर्फ गन्तव्य मुलुकले पनि पहल गर्ने कि ?  बिजमाण्डु डटकम

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us