नेविसंघ महाधिवेशन स्थगित

काठमाण्डु टुडे २०७० भदौ २७ गते ७:२३ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– नेपाल विद्यार्थी संघको भदौ अन्तिम साता काठमाडौंमा हुने भनिएको
nebi sangh११ औं महाधिवेशन स्थगित भएको छ ।
अध्यक्ष रञ्जित कर्णले बिहीबार विज्ञप्ति जारी गर्दै तत्कालका लागि महाविधेशन स्थगित गरिएको बताएका हुन् । नेविसंघ महाधिवेशन लामो समयपछि भदौ २९, ३० र ३१ गते हुने तय गरिएको थियो । विज्ञप्तिमा कर्णले कतिपय जिल्ला, विश्वविद्यालय र क्याम्पसहरूमा अधिवेशन हुन नसकेको र सिगो पार्टी पंक्ति संविधानसभा निर्वाचनका लागि उम्मेद्वार छनौट प्रक्रियामा व्यस्त रहेका कारण महाधिवेशन स्थगन गरिएको बताएका छन् । महाधिवशनको नयाँ मितिबारे भने विज्ञप्तिमा केही खुलाइएको छैन ।

नेविसंघ नेता जयराम दाहालले पार्टीमा युवा पुस्ताको नेतृत्व हाबी हुने डरका कारण शीर्ष नेतृत्वले नै पटकपटक नेविसंघ महाधिवेशन रोक्दै आएको आरोप लगाए । ‘सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलजस्ता बूढा पुस्ताका नेता पार्टीमा नयाँ नेतृत्व स्थापित भएको हेर्न चाहाँदैनन्’, दाहालले भने ।
काँग्रेसले तत्कालीन अध्यक्ष प्रदीप पौडेललाई असक्षमताको आरोपमा हटाएर २०६९ चैतमा कर्णलाई महाधिवेशन गर्ने जिम्मेवारीसहित नेविसंघ अध्यक्षमा मनोनित गरेको थियो । कर्णलाई ६ महिनाका लागि भनेर ल्याइए पनि डेढ वर्ष बित्दासमेत अझै महाधिवशेन हुन सकेको छैन ।

विथार्थी राजनीतिबाट अलग भएर थापाथली क्याम्पसमा अध्यापन गराइरहेका कर्णलाई सभापति सुशील कोइरालाले विद्यार्थी राजनीतिबाट अलग भएको सात वर्षपछि फेरि नेविसंघ अध्यक्ष मनोनित गरेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us