शुक्रवारदेखि ६५ किलोमिटर जैविक मार्गको अध्ययन

काठमाण्डु टुडे २०७० भदौ २७ गते ५:२५ मा प्रकाशित

काठमाण्डु २७ भदौ–राष्ट्रिय प्रकृति संरक्षण कोषले पर्साबाट बागमती नदीसम्म वनको अवस्थाको अध्ययन शुक्रवारदेखि थाल्ने भएको छ । वन्यजन्तुको अवस्था, बासस्थान, आहारा र मार्गका विषयमा विशेषज्ञ सहितको टोलीले अध्ययन गर्ने कोषले जनाएको छ ।

जैविक मार्गको रुपमा परिचित झण्डै ६५ किलोमिटर क्षेत्रमा रहेको वनमा जनावरको अवस्था, आहाराको स्थिति र बासस्थानका विषयमा अध्ययन गरेर संरक्षणका लागि नयाँ योजना ल्याउने तयारी कोषको छ । शुक्लाफाँटाबाट पर्सा वन्यजन्तु आरक्षसम्म संचालित हरियो वन कार्यक्रम अन्तर्गत तराई भूपरिधि कार्यक्रमको समिक्षा गरेर नयाँ कार्यक्रम ल्याउने तयारी कोषले अघि सारेको छ ।
यसैबीच वन्यजन्तुको अध्ययनका लागि हरियो वन कार्यक्रमले २० जनालाई वन्यजन्तुको अनुसन्धान गर्ने तरिकाका बारेमा जानकारी दिन शुरु गरिएको तालिम अझै साता सञ्चालन हुनेछ । जुनियर फिल्ड टेक्नीसियनका रुपमा कोषका कर्मचारी र निकुञ्ज विभागका कर्मचारीलाई चितवनमा दुईसाताको तालिम दिन लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us