पूराना मुद्दामा नेपाल–भारत संयुक्त जलस्रोत बैठक केन्द्रित

काठमाण्डु टुडे २०७० भदौ २७ गते ४:५७ मा प्रकाशित

काठमाण्डु २७ भदौ–नेपाल भारत संयुक्त जलस्रोत समितिको बिहिवारदेखि हुने बैठकमा पूरानै एजेण्डाले प्राथमिकता पाउने भएका छन । काठमाण्डूको एक होटलमा हुने सहसचिवस्तरीय प्राविधिक समितिको बैठक शुक्रवारसम्म चल्नेछ ।

बैठकमा अधिकाँश पुरानै मुद्दामा छलफल गरिने सिँचाई विभागका उपमहानिर्देश माधव वेल्वासेले बताए । बैठकमा नेपालको तर्फबाट सिँचाई मन्त्रालयका महानिर्देशक शिवकुमार शर्माको नेतृत्वमा सिँचाई मन्त्रालय, सिँचाई विभाग, उर्जा मन्त्रालय, जल तथा उर्जा आयोग, जल उत्पन्न प्रकोप नियन्त्रण विभाग, नेपाल विद्युत प्राधिकरणलगायत निकायका १३ जना प्रतिनिधि सहभागि हुनेछन् ।

बैठकका लागि भारतको विहार, उत्तरप्रदेश, केन्द्र सरकार र केन्द्रीय जलस्रोत आयोगलगायत निकायका १२ जना प्रतिनिधि सहभागि हुनेछन् । बेल्बासेका अनुसार महाकाली सन्धी कार्यान्वयन, दार्चुलामा बाढीका कारण भएको क्षति, कोशी –गण्डकी बाँधको विषयमा छलफल हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us