घाँटी रेटेर युवकको हत्या

काठमाण्डु टुडे २०७० भदौ २७ गते ४:२५ मा प्रकाशित

विराटनगर, २७ भदौ- मोरङको अमरदह गाविस ७ का विनायक लिम्बुको घाँटी रेटेर हत्या भएको छ । लालबहादुर लिम्बूको ३० वर्षीय छोरा विनायकको शव घरदेखि २ सय मिटर उत्तरतर्फ सडकमा विहीबार विहान फेला परेको थियो ।

घरमा सुतिरहेको बेला केही व्यक्तिले गएराती ११ बजे सडकमा लगेर विनायकको हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले अनुमान गरेको छ । प्रहरी उपरीक्षक विश्वराज पोखरेल, प्रहरीनायब उपरीक्षक दीपक पोख्रेल लगायतको टोलीले विहीबार बिहान घटनास्थलमा पुगेर घटनाबारे विस्तृत जानकारी लिएको छ । हत्या कसले र किन ग¥यो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

भीरबाट लडेर किशोरीको मृत्यु

यसैबीच भीरबाट खसेर बुधबार साँझ अछामको भाटाकाटिया–९ की १९ वर्षीया नन्दाकुमारी साउदको मृत्यु भएको छ । घाँस काट्दै गर्दा भीरबाट खुट्टा चिप्लिएर उनी लडेको स्थानीयवासीले जनाएका छन् । उनी पूर्णचन्द्र उच्च मावि भाटाकाटियामा कक्षा १२ मा अध्ययनरत थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us