वैद्य, यादव र राईसँग गठबन्धन बनाउने एमाओवादी तयारी

काठमाण्डु टुडे २०७० भदौ २६ गते ९:४९ मा प्रकाशित

काठमाण्डु, २६ भदौ –एकीकृत नेकपा माओवादीले संघीयताबारे आफूसँग कुरा मिल्ने शक्तिसँग चुनावी तालमेल गर्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाजिम्पाटस्थित निवासमा बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले पहिचानसहितको संघीयता पक्षधरसँग चुनावी मोर्चा बनाएर जाने maoist flagनिर्णय गरेको हो । प्रवक्ता अग्नि सापकोटाले उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग चुनावी तालमेलको सम्भावना बढी रहेको बताए । उनले निर्वाचनमा आए मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीसँग समेत कार्यगत एकता हुने उल्लेख गरे ।

‘संघीयता पक्षधर शक्तिसँग चुनावी तालमेल गरेर जाने कुरा भएको छ’, काठमाण्डु टुडेसँग कुरा गर्दै सापकोटाले भने, ‘निर्वाचनमा आए मोहन वैद्य पक्षसँग तालमेल गर्नेबारे पनि छलफल भयो ।’
बैठकले वैद्य माओवादीलाई निर्वाचन प्रक्रियामा सहमत गराउन हदैसम्म लचक हुने निर्णय पनि गरेको छ । अर्को एक फरक प्रसंगमा उनले तोकिएकै मितिमा संविधानसभा निर्वाचन गराउनुको विकल्प नरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us