मुल्य बृद्धि तत्काल फिर्ता लिन माग

काठमाण्डु टुडे २०७० भदौ २६ गते ७:३९ मा प्रकाशित

काठमाण्डु २६ भदौ– नेकपा–माओवादीले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । मुल्यबृद्धिलाई भ्रष्टाचार र कमिशनका बलमा गरिएको भन्दै सो पार्टीले मुल्यबृद्धिको बिरुद्ध संघर्षमा उत्रन आब्हान गरेको छ । प्रवक्ता पम्फा भुसालद्धारा बुधवार जारी प्रेस बिज्ञप्तिमा चाडबाडको मुखैमा एक महिना भित्र दुई पटक गरिएको मुल्य बृद्धिले जनता माथि आघात थपेको उल्लेख छ ।

नेकपा–माओवादी निकट १२ वटा जनवर्गीय,जातीय तथा क्षेत्री संगठनले संबिधानसभा निर्वाचनको नाम बेच्दै मन्त्रीहरुले बिदेश भ्रमण गरेको आरोप लगाएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता लिन र जनविरोधी निर्णय नगर्न सरकारलाई आग्रह गर्दै ती संगठनले त्यस्तो आरोप लगाएका हुन ।
‘संबिधानसभा निर्वाचनको नाम बेच्दै सरुवा,बढुवा र भ्रष्टाचार गरेर बदनामी कमाइरहेका बर्तमान सरकारका मन्त्रीहरु विदेश भ्रमणमा व्यस्त छन’उनीहरुले भनेका छन‘एकातिर निरर्थक संबिधानसभाको हल्ला पिटने र अर्कोतिर एकै महिनामा दुई–दुई पटक मुल्यबृद्धि गर्ने सरकारी नियत जनतालाई झन–झन संकटमा पार्ने प्रष्ट छ ।’
आयल निगम भित्रको अनियमितता,इन्धनको चुहावट,अनावश्यक रुपमा भर्ती गरिएका कर्मचारीको बोझ र व्यवस्थापनमा असमर्थताका कारण निगम घाटामा गएको स्मरण गराउदै उनीहरुले बुधवार जारी गरेको प्रेस बिज्ञप्तिमा त्यस्ता बिषयमा आँखा चिम्लेर जनता माथि आफनो कमजोरी सरकारले थोपरिरहेको आरोप लगाइएको छ । उनीहरुले भनेका छन ‘यो सरकार जनहीत बिपरित बनेको र जनहीत विपरित काम गरिरहेको यो एउटा उदाहरण हो ।’
मुल्यबृद्धि फिर्ता नहुँदासम्म सडक आन्दोलनमा उत्रन अनुरोध गर्दै उनीहरुको बिज्ञप्तिमा भनिएको छ‘निरर्थक संबिधानसभा निर्वाचन बहिस्कार र मुल्यबृद्धिको बिरुद्ध भदौ २७ गते उपत्यका बन्दमा सक्रिय सहभागी हुन समेत आम जनतालाई पनि गर्दछौ ।’
चाडपर्वको मुखैमा एक महिनामा दुई पटक पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिको प्रभाव समग्र जनजीवनमा परेको,खाद्यान्न लगायत स्मपूर्ण अतिआवश्यकीय उपयोग्य बस्तुहरुमो मुल्य अकाशिदो रहेको र जनजीवन कष्टकर बनेको बिज्ञप्तिमा उल्लेख छ । बिज्ञप्तिमा भनिएको छ ‘नेपाल आयल निगम घाटामा गएको र अन्तराष्ट्रिय मुल्यसँग समायोजन गर्ने कथित तर्क अघि सार्दै निगम मार्फत काम चलाउ सरकारले गरेको मुल्यबृद्धिले देशमा झन संङकट निम्त्याउने निश्चित छ ।’

निगम सञ्चालक समितिको मंगलबार राती बसेको बैठकले डिजेल र मट्टीतेलमा तीन–तीन रुपैया र पेट्रोलमा पाँच रुपैया मुल्यबृद्धि गरेको हो । हवाई इन्धनमा आन्तरिक तर्फ सात रुपैया गरेको छ भने हवाई इन्धनमा अन्तराष्ट्रिय र ग्याँसको भने मुल्य बढेको छैन । अव पेट्रोल प्रतिलिटर १३० रुपैया,डिजेल र मट्टितेल प्रतिलिटर १०३ रुपैया हुनेछ । आयल निगमले गत साउन २६ गते पनि पेट्रोलमा दुई रुपैया र डिजेल र मट्टीतेलमा एक रुपैया मुल्य बढाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us