फेसबुक बन्द हुने हल्ला असत्य: सरकार

काठमाण्डु टुडे २०७० भदौ २६ गते ७:४५ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– सरकारले आगामी १ असोजदेखि लोकप्रिय सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट गरेको छ ।
fbपछिल्लो केही दिनयता सूचना तथा सञ्चार मन्त्रालयले फेसबुकमा प्रतिबन्ध लगाएको निर्णय लेटरप्याडसहित फेसबुकमा शेयरिङ हुँदै आएको छ । सूचना तथा सञ्चारमन्त्री माधव पौडेलका प्रेस सल्लाहकार मातृका पौडेलले फेसबुकमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै योजना नरहेको बताए ।

उनले त्यस्तो भ्रमपूर्ण प्रचारमा विश्वास नगर्नसमेत आग्रह गरे । ‘सरकारले फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाउन लागेको भन्ने समाचारमा कुनै सत्यता छैन’, पौडेलले भने, ‘त्यस्तो भ्रमपूर्ण प्रचारको पछि नलाग्न मन्त्रालयको सबैसँग आग्रह छ ।’ पौडेलले सामाजिक सञ्चालमा भ्रमपूर्ण प्रचार गर्नेमाथि कारबाही गर्न मन्त्रालयले प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए । उनले प्रहरी उक्त व्यक्तिको नजिप पुगिसकेको समेत उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us