चिनियाँ पर्यटकहरुको सोह्रौं पर्यटकीय गन्तव्य नेपाल

काठमाण्डु टुडे २०७० भदौ २७ गते ९:२५ मा प्रकाशित

एक हजार आठ सय वर्षअघि चीन तथा नेपाल बीच पर्यटकीय आदानप्रदान शुरु भएको हो। बितेका केही वर्षयता, यातायात अवस्थाको सुधारसँगै चीन-नेपाल सीमा पर्यटनको ठूलो विकास भएको छ।

सन् 2002को जुनदेखि चिनियाँ नागरिकहरुले नेपाल भ्रमण शुरु गरेका थिए भने हाल नेपाल चिनियाँ पर्यटकहरुको सोह्रौं पर्यटकीय गन्तव्य मुलुक बनेको छ।

1414किलोमिटर लामो सीमा रेखा रहेको चीन र नेपाल बीच पाँच वटा नाका खुला छन्। तिब्बतको चाङ्गमु अर्थात नेपालको खासा तीमध्येको एक हो। तिब्बतको सिगाचे क्षेत्रमा पर्ने यस नाका तिब्बतको सबैभन्दा ठूलो राष्ट्रिय स्तरिय स्थल व्यापार नाका हो र प्रशस्त पर्यटकहरुको ट्रान्जिट केन्द्र पनि मानिन्छ। चाङ्गमुमा चिनियाँ पर्यटकहरुकोलागि नेपालको भ्रमण गर्न हरियो च्यानल खुला भैसकेको छ।

प्राप्त तथ्याङ्क अनुसार, सन् 2013को जनवरीदेखि अगष्टसम्म चाङ्गमु नाकाबाट नेपाल गएका पर्यटकहरुको संख्या 12हजार 8सय 88 जना पुगेको र नेपालबाट आएका पर्यटकहरुको संख्या 10 हजार 7सय 44 पुगेको छ। सन् 2012को सोही अवधिको तुलनामा बृद्धि भएको छ।

बितेका केही वर्षयता, चीन र नेपाललाई जोड्ने राजमार्गको सुधार परियोजना लागू भएको तथा चीन-नेपाल नयाँ उडान रुट खुला भएकोले ‘ल्हासा-चाङ्गमु-काठमाडौं’ यस पर्यटकीय रुटले झन झन् बढी चिनियाँ पर्यटकहरुलाई आकर्षित गराउँदै आएको छ। सिआरआइ 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us