पेट्रोलियम पदार्थमा मुल्यबृद्धि

काठमाण्डु टुडे २०७० भदौ २५ गते १६:३३ मा प्रकाशित

काठमाण्डु २५ भदौ–नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गरेको छ । निगम सञ्चालक समितिको मंगलबार राती बसेको बैठकले डिजेल र मट्टीतेलमा तीन–तीन रुपैया र पेट्रोलमा पाँच रुपैया मुल्यबृद्धि गरेको हो ।

हवाई इन्धनमा आन्तरिक तर्फ सात रुपैया गरेको छ भने हवाई इन्धनमा अन्तराष्ट्रिय र ग्याँसको भने मुल्य बढेको छैन । अव पेट्रोल प्रतिलिटर १३० रुपैया,डिजेल र मट्टितेल प्रतिलिटर १०३ रुपैया हुनेछ । आयल निगमले गत साउन २६ गते पनि पेट्रोलमा दुई रुपैया र डिजेल र मट्टीतेलमा एक रुपैया मुल्य बढाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us