वैद्यलाई सहमतिमा ल्याउन राष्ट्रपतिको दबाब

काठमाण्डु टुडे २०७० भदौ २५ गते १६:३३ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– राष्ट्रपति रामवरण यादवले समय निकै घर्कीसकेकाले निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई तत्काल सहमतिमा ल्याउन मुख्य चार दलका शीर्ष नेतालाई दबाब दिएका छन् ।
rambaranउच्चस्तरीय राजनीतिक समितिमा रहेका एकीकृत माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेतालाई सोमबार शीतलनिवास बोलाएर राष्ट्रपतिले वैद्यसमेतको सहभागितामा तोकिएकै मितिमा निर्वाचन सुनिश्चित गर्न दबाब दिएका हुन् । शीतलनिवासबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस सभापति सुशील कोइरालाले राष्ट्रपतिले ४ मंसिरको निर्वाचनका अगाडि रहेका सबै प्रकारका अवरोध तत्काल हटाउन सुझाव दिएको बताए । कोइरालाका अनुसार त्यसका लागि आवश्यक सहयोग गर्नसमेत राष्ट्रपति तयार देखिएका छन् ।

भेटमा आफूहरुले सरकार विघटन र निर्वाचन स्थगन गर्नुपर्ने वैद्य मोर्चाको मागमा लचकता अपनाउन नसकिने जवाफ राष्ट्रपतिलाई दिएको जानकारी दिए । सिंगो देश निर्वाचनमय भएकाले ४ मंसिरमा निर्वाचन गर्नुको विकल्प नरहेको कोइरालाको भनाइ छ । भेटमा नेताहरुले उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग भएको सहमति र वैद्य पक्षलाई सहमतिमा ल्याउन भइरहेका प्रयासबारे राष्ट्रपतिलाई अवगत गराएका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us