काठमाण्डु २५–‘मर्न बरु गाह्रो हुन्न’,‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’‘यस्तो पनि हुँदो रहेछ,वनै खाय डढेलोले मनै खायो,सान्नानीको गालैमा कोठी रैछ,तिम्रो माया मार्न सकिन’जस्ता कालजयी गीतका गायक तथा संगीतकार फत्तेमान राजभण्डारीको ७७ बर्षको उमेरमा गएराती निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित राजभण्डारीको गएराती १२.५० बजे चावहिलस्थित ओमअस्पतालमा निधन भएको हो । चार सय भन्दा धेरै गीत तथा भजनहरुमा स्वर दिएका राजभण्डारीले राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पाएका थिए । बरिष्ठ गायक भत्तेमानलाई हाम्रो पनि पनि श्रद्धासुमन ।